कर्पाेरेट डेभलपमेन्ट बैंकको सेयर मूल्यमा उच्च गिरावट

काठमाडौँ। मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा कर्पाेरेट डेभलपमेन्ट बैंकको सेयर मूल्यमा उच्च गिरावट आएको छ। आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) २६.१६ अंकले घट्दा कर्पाेरेट डेभलपमेन्ट बैंकको सेयर मूल्यमा उच्च गिरावट आएको हो।

आज कर्पाेरेट डेभलपमेन्ट बैंकको सेयर मूल्यमा १४.९९ प्रतिशतको गिरावट आएको छ। सो बैंकको सेयर मूल्य प्रतिकित्ता २३ सय ५३ रुपैयाँमा झरेको छ।

मंगलबार नेप्सेमा कुल ३४९ कम्पनीको १ करोड ४० लाख १८ हजार ९२० कित्ता सेयर खरिद बिक्री हुँदा ६ अर्ब ५३ करोडमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै कारोबार पाल्पा सिमेन्टको भएको छ ।

उक्त कम्पनीको ५८ करोड ३३ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । यो हेर्नुहोस्:

Banking Sansar Mobile App

Leave you comment