‘सोच विचार गरेर डिजिटल बैंकिङको प्रयोग गरौँ’

काठमाडौँ। नेपाल राष्ट्र बैंकले सोच विचार गरेर डिजिटल बैंकिङको प्रयोग गर्न ग्रह गरेको छ। राष्ट्र बैंकले एक सूचना जारी गर्दै यस्तो आग्रह गरेको हो।

पछिल्लो समयमा डिजिटल बैंकिङको प्रयोग बढ्दै गएको छ। राष्ट्र बैंकले पनि नगदरहित कारोबारलाई निरुत्साहित गर्न डिजिटल बैंकिङ सेवाको प्रयोगलाई बढावा दिँदै आएको छ। डिजिटल बैंकिङ सेवामार्फत ससाना पसलदेखि ठूलठूला मलसम्म कारोबार गर्न मिल्छ। यसले आममानिसको कारोबार गतिविधिलाई नै परिवर्तन गरेको छ।

मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ र वालेटजस्ता डिजिटल वित्तीय सेवा प्रयोग गर्दा नोटको आवश्यकता नहुने, आफैँ उपस्थित भई लाइन बस्ने झन्झट नहुने र खातामा सीधै भुक्तानी गर्न हुने भएकोले कारोबार पारदर्शी र विश्वासिलो हुनुका साथै समयको समेत बचत हुने गर्दछ।

राष्ट्र बैंकले डिजिटल सेवा प्रयोग गर्दा सजग हुन भने सचेत गराएको छ। यो हेर्नुहोस्:

Banking Sansar Mobile App

Leave you comment