राष्ट्र बैंकमा ८ उपनिर्देशकको बढुवा, पहिलो नम्बरमा सम्झना !

काठमाडौँ। नेपाल राष्ट्र बैंकले राष्ट्र बैंक कर्मचारी विनियमावली, २०६८ को विनियम ५३ अनुसार सम्भाव्य उम्मेदवारहरूको मूल्यांकन गरी कुल अंकका आधारमा बढी अंक ल्याउने कर्मचारीलाई बढुवा गरेको छ।

राष्ट्र बैंकले आठ जना उपनिर्देशक (अधिकृत द्वितीय) लाई निर्देशक (अधिकृत प्रथम) पदमा बढुवा गर्ने निर्णय गरेको हो । राष्ट्र बैंकले एक सूचना जारी गर्दै योग्यताक्रमका आधारमा बढुवा गरिएको जनाएको छ ।

बढुवा सूचीमा पहिलो नम्बरमा सम्झना ढकाल परेकी छन्। उनी भुक्तानी प्रणाली विभागमा कार्यरत छन्। दोस्रो नम्बरमा गैरबैंकिङ वित्तीय संस्था सुपरिवेक्षण विभागकी नविना ढकाल र तेस्रो नम्बरमा विदेशी विनिमय व्यवस्थापन विभागका संजीव कुमार झा परेका छन्।

सम्झना ढकाल भुक्तानी प्रणाली विभागमा, नविना ढकाल गैरबैंकिङ्ग वित्तीय संस्था सुपरिवेक्षण विभाग, संजीव कुमार झा विदेशी विनिमय व्यवस्थापन विभाग, सुमन नेउपाने गभर्नरको कार्यालय, पुष्पा अधिकारी बैंकिङ्ग विभाग, मोहन पुडासैनी सम्पत्ति तथा सेवा व्यवस्थापन विभाग, कमल प्रकाश कालाथोकी आन्तरिक लेखापरीक्षण विभाग, शिखा अधिकारी (रेग्मी) वित्तीय समावेशिता तथा ग्राहक संरक्षण महाशाखामा बढुवा भएका हुन्।

राष्ट्र बैंकका अनुसार बढुवाको अन्तिम योग्यताक्रममा परेका उम्मेदवारले कुल १८९.७५ अंक प्राप्त गरेका छन्।

Banking Sansar Mobile App

Leave you comment