चेक अनादर मुद्दामा गाउँपालिकाकी अध्यक्ष नै पक्राउ

काठमाडौँ। चेक अनादर मुद्दामा गाउँपालिका अध्यक्ष पक्राउ परेकी छन्। दैलेखको भैरवी गाउँपालिकाकी अध्यक्ष रिताकुमारी शाही पक्राउ परेकी हुन्।

शाहीलाई बैंकिङ कसुर मुद्दामा जिल्ला प्रहरी कार्यालय दैलेखले पक्राउ गरेको हो।

शाहीले दिएको ५ लाख ३५ हजार रुपैयाँको चेक बाउन्स भएपछि उनीविरुद्ध मुद्दा दर्ता भएको प्रहरीले जनाएको छ। सोही मुद्दामा प्रहरीले उनलाई पक्राउ गरेको हो।

उनलाई वैशाख २५ गते म्याद थप गरेर जिल्ला प्रहरी कार्यालय दैलेखले थप अनुसन्धान अगाडि बढाएको जनाएको छ।

शाही २०७९ मा सम्पन्न स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसबाट गाउँपालिका अध्यक्षमा निर्वाचित भएकी थिइन्।

Banking Sansar Mobile App

Leave you comment